६० हजार घुससहित सहायक वन अधिकृत रंगेहात पक्राउ

 कात्तिक १८, २०७५ आइतबार १५:५४:५० | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर  – एक सहायक वन अधिकृत घुससहित पक्राउ परेका छन् ।

डिभिजन वन कार्यालय त्रिवेणी अन्तर्गत सब–डिभिजन कार्यालय नेपालटारका प्रमुख सहायक वन अधिकृत सत्य नारायण साहलाई नगद ६० हजार रुपैयाँसहित अख्तियारको टोलीले सम्पर्क कार्यालयबाट  रंगेहात पक्राउ गरेको हो ।

सब डिभिजन वन कार्यालय नेपालटारको गाइघाटको डिएमगेटमा रहेको सम्पर्क कार्यालयबाट काम मिलाइदिने बाहानामा ६० हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयको टोलीले पक्राउ गरेको हो ।

जंगलबाट कटान गरी घाट गड्डी गरी राखेको काठको लागत मिलाई दिने भन्दै साहले सेवाग्राहीसँग रकम लिएको अख्तियारको टोलीले जनाएको छ । साहलाई अख्तियारको टोलीले नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाएको छ ।

पक्राउ परेका साहले आफूले घुस नलिएको बताउनुभयो । उहाँले काष्ठ व्यवसायीसँग सापटी मागेको बताउनुभयो । तर सेवाग्राहीले भने सापटी नभई घुस मागेको दाबी गरेका छन् । उनले टेलिफोन गरेर सेवाग्राहीलाई सम्र्पक कार्यालयमा बोलाएको सेवाग्राहीको भनाई छ । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया