पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
कैलाली – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न नाममा परिवर्तनका उपलब्धिलाई उल्ट्याउन भइरहेको षड्यन्त्रलाई परास्त गर्न जरुरी रहेको बताउनुभएको छ ।
आज सोमवार धनगढीमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देशसभामा नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न ठाउँमा जातीय, धार्मिक विद्वेषका नाममा प्रकट भएका घटना परिवर्तनका उपलब्धिलाई उल्ट्याउन चाहने प्रतिगामी र प्रतिक्रान्तिको 'डिजाइन' भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यी घटना यतिकै भएका होइनन्, यसमा प्रतिगामीको ठूलो 'डिजाइन' छ, यसमा हामी सबै गम्भीर हुँदै परिवर्तनका उपलब्धिको रक्षा गर्ने प्रतिबद्धता गर्नुछ ।’ देशमा अराजकता सिर्जना गरी प्रतिगमनले टाउको उठाएका बेलामा नागरिकसँगको सम्बन्ध बलियो बनाउँदै उहाँले सरकार, सदन र सडकका तीन वटै मोर्चाबाट अगाडि जान आवश्यक रहेको बताउनुभयो ।
प्रचण्डले समाजवादी मोर्चा गठनपछि यसले दिइरहेको सन्देशबाट प्रदेशमा सकारात्मक तरङ्ग र नागरिकमा भरोसा देखिएको जिकिर गर्नुभयो । आफ्नो नेतृत्वमा गठन भएको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ यात्रामा जान पहल गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘मिटर ब्याजबाट पीडितलाई मुक्त गर्ने अभियानमा सफलता मिलेको, नक्कली भुटानी शरणार्थी समस्या, लालिता निवास जग्गा प्रकरण, सुन तस्करी प्रकरण अघि बढिरहेको छ, अरू पनि केही फाइल छिट्टै खुल्दैछन् ।’
प्रधानमन्त्री प्रचण्डले देशमा राजनीतिक तह र प्रणालीमा परिवर्तन भए पनि कर्मचारीतन्त्र, संरचना, नियम कानुन पुरानै भएको र काम गर्ने तरिका पनि पुरानै हुँदा केही जटिलता देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘निजामती सेवा ऐन सदनमा लैजानेबारेमा अन्तिम तयारी भइरहेको र शिक्षकसँग भएको सम्झौताबमोजिमको शिक्षा ऐन ल्याउन लागिएको छ ।’
कोशी प्रदेशमा बनेको तीन गठबन्धनको समस्यालाई कसरी समाधान खोज्ने भनेर कांग्रेसका सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र आफू बसेर यो गठबन्धनलाई कमजोर पार्न दिइने छैन भन्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरिएको स्पष्ट पार्दै प्रचण्डले भन्नुभयो, ‘एमालेले गरेको चलखेल त्यहीँ रोकिएको भनेको त फेरि अर्को चलखेल, हामीले कांग्रेसको एक जनाको मन्त्री बनाउने भनेकोमा एमालेको मन्त्री थपिएको, यसलाई सच्याउँछौँ, पाँच वर्ष यो गठबन्धन जान्छ ।’
सभामा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विचार मिल्ने, एकले अर्काको महत्त्व बुझ्ने, क्षमता भएका सबै वामपन्थीलाई एकै ठाउँमा गोलबन्ध गर्न यो मोर्चा गठन भएको दाबी गर्नुभयो । रोजगारी, सुशासन र समृद्धिको यात्रालाई समाजवादी मोर्चाले प्राथमिकता दिएको बताउँदै उहाँले भन्नुभयो, ‘चार दल मिलेर बनेको मोर्चाबाट कतिपयको सातो गएको छ ।’
गठबन्धनको विकल्प नभएको र गठबन्धन पाँच वर्ष नै जाने जिकिर गर्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘हाम्रो यो मोर्चाबाट गठबन्धन दल नेपाली कांग्रेस आत्तिएको छैन, खुशी नै छ ।’
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नसके यो व्यवस्था खतरामा पर्ने सन्देश जान सक्ने भन्दै सचेत हुने बेला आएको बताउनुभयो । संविधान जारी भएको आठ वर्ष भइसक्दासम्म नागरिकका सामाजिक समस्या समाधान र रूपान्तरण हुन नसकेको भन्दै उहाँले भन्नुभयो, ‘कृषिको आधुनिकीकरण, औद्योगिकीकरण जलस्रोतको उपयोगमार्फत विकास र समृद्धिको यात्रालाई अघि बढाउनुपर्छ ।’
प्रधानमन्त्री प्रचण्ड यसअघि आजै माओवादी केन्द्रका नेता स्व. कृष्ण बडुवाल (महेश) को कैलालीको लम्कीमा रहेको निवासमा आयोजित श्रद्धाञ्जली सभामा सहभागी हुनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।