पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुर - बिहीवार हिजाे कञ्चनपुरको भीमदत्त नगरपालिका–१ को वडा कार्यालयमा ज्येष्ठ नागरिक भरिभराउ थिए । सत्तरी वर्षदेखि १०० वर्ष पुगेका वृद्धवृद्धा कुनै सामाजिक या अन्य कुनै भत्ता बुझ्न जम्मा भएका होइनन् । उहाँहरूसँगै वडाले बनाएको मापदण्डअनुसार पूर्ण अपाङ्गता भएका २० जना स्थानीयसमेत वडा कार्यालयमा जम्मा भएका थिए । यसरी वडा कार्यालयमा जम्मा हुनुको कारण थियो, वडाध्यक्ष आसेफ कुँवर (भुन्टू) को मनकारी निर्णय ।
विसं २०७४ सालमा वडाध्यक्षमा पहिलोपटक चुनाव लड्नुअघि नै आफूले वडाबाट पाउने पारिश्रमिकलगायत अन्य सुविधा वडामै खर्चिने घोषणा गर्नुभएका कुँवरले चुनाव दोस्रोपटक जितेयता ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको दैनिक खर्चका लागि पारिश्रमिक रकम वितरण गर्दै आउनुभएको छ ।
यसका लागि वडाका एक सय ४१ ज्येष्ठ नागरिक र २० जना पूर्ण अपाङ्गता भएका व्यक्ति आज वडा कार्यालयमा जम्मा भएका हुन् । वडाध्यक्ष कुँवरले ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई प्रतिव्यक्ति एक हजार पाँच सयका दर रुपैयाँले सहयोग वितरण गर्नुभएको छ । आफूले वार्षिकरूपमा पाएको दुई लाख ४१ हजार पाँच सय रुपैयाँ नगद रकम वडामा वितरण गरेको उहाँले जानकारी दिनुभयो । 'चुनावअघि घोषणा गरेयता विगत छ वर्षदेखि निरन्तर पारिश्रमिक बस्तीमै वितरण गर्दै आएको छु', वडाध्यक्ष कुँवरले भन्नुभयो, 'यो एउटा सानो कामले वडाका ज्येष्ठ नागरिकमा खुसीयाली नै पाएका छौँ ।'
त्यसैगरी वडाध्यक्षले वितरण गरेको रकम लिँदै वडाका एक सय वर्षीय गम्भीरसिंह चैसिरले खुसी व्यक्त गर्नुभयो । 'रकम कति दिए ठूलो कुरो नहुन सक्छ', चैसिरले भन्नुभयो, 'हामी पनि हाम्रो वडाध्यक्ष जत्तिको मनकारी जनप्रतिनिधि पाएकामा गर्व गर्छौँ ।' उहाँले वडाभरिका ज्येष्ठ नागरिक वडाध्यक्षको कामप्रति सन्तुष्ट रहेको बताउनुभयो ।
वडामा रकम वितरण गरिरहँदा ज्येष्ठ नागरिकले खुसीका आँशुमात्रै झारेनन् । वडाध्यक्ष कुँवरलाई फूलमालाले स्वागत गर्दै आशीर्वाद पनि दिइरहनुभयो । ८८ पालिका रहेको सुदूरपश्चिममा पहिलोपटक आफूले पाएको पारिश्रमिक वडाकै नागरिकलाई वितरण गर्दै आएका कुँवरले अहिले मासिक रु २२ हजार पारिश्रमिक पाउने गरेको बताउनुभयो ।
'शुरुमा रकम वितरण गर्दा मासिक पारिश्रमिक १७ हजार रुपैयाँ हाराहारी थियो', उहाँले भन्नुभयो, 'छ वर्षपछि आइपुग्दा २२ हजार रुपैयाँ पुगेको छ ।' उहाँले ज्येष्ठ नागरिकको साथ र सहयोगले नै आफू दोस्रोपटक वडामा भारी मतान्तरले विजयी भएको बताउनुभयो । 'वडाको समग्र विकास र बजेट ल्याउने विषयमा पनि केन्द्रसम्म पहल गर्दै आएको छु', उहाँले भन्नुभयो, 'जनप्रतिनिधिले जनताको सेवा गर्ने हो, सुविधा लिने होइन ।' उहाँले दोसो कार्यकालसम्म आइपुग्दा वडामा १२ लाख रुपैयाँभन्दा बढी रकम वितरण गरिसकेको बताउनुभयो ।
'रकम लिन छुटेकालाई घरमै गएर पनि वितरण गर्छु', उहाँले भन्नुभयो, 'वडाध्यक्ष रहँदासम्म पारिश्रमिक लिन्नँ ।' दशैँको मुखमा वडाध्यक्षबाट नयाँ नोट पाएपछि हर्षित देखिनुभएका वडाका ९८ वर्षीया पार्वतीदेवी पाण्डेयले वडाध्यक्ष कुँवरले गरेको असल काम अरु जनप्रतिनिधिले पनि सिक्नुपर्ने बताउनुभयो । 'हरेक वर्ष वडाध्यक्ष बाबुले दिएको रकमले सामान्य फलफूल खर्च भए पनि चलेको छ', उहाँले भन्नुभयो, 'सामान्य औषधिमुलो पनि यहाँबाट चल्दा खुसी नहुने को होला र?'
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।