उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालभित्रै ‘हिँडडुल गर्न’ थाल्नुभयाे

 कात्तिक ४, २०८० शनिबार २०:१८:२७ | रासस
unn.prixa.net

काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य सामान्य बन्दै गएको छ । चीनको भ्रमणका क्रममा रहँदा यही कात्तिक १ गते हृदयाघात भएपछि उहाँ बेइजिङकाे पेकिङ मेडिकल कलेज अस्पतालमा उपचाररत हुनुहुन्छ । 

उपप्रधानमन्त्री श्रेष्ठ आज शनिवार बिहानदेखि अस्पतालभित्रै सामान्य हिँडडुल गर्न थाल्नुभएको उहाँका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिनुभयो । हृदयाघात भएपछि उहाँको छातीमा 'स्टेन्ट' राखिएको छ ।

यसैबीच उपप्रधानमन्त्री श्रेष्ठसँग चिनियाँ समकक्षी एवम् चीनका सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहङले अस्पतालमा भेट गरी शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । यसअघि सार्वजनिक सुरक्षामन्त्री वाङले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको थियो । 

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय अन्तर्राष्ट्रिय विभागका निर्देशक पेङ सीउ सानले उपप्रधानमन्त्री श्रेष्ठसँग भेट गरी स्वास्थ्य लाभको कामना गर्नुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले आफ्नो प्रतिनिधि पठाएर उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य लाभको कामना गर्नुभएको स्वकीय सचिव श्रेष्ठले जानकारी दिनुभयो । चीन सरकारले उपप्रधानमन्त्री श्रेष्ठको उपचारमा उच्च प्राथमिकता दिएको छ ।

तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल को–अपरेसन (बीएफआर) मा सहभागी हुन बेइजिङ पुगेका बेला उपप्रधानमन्त्री श्रेष्ठ अस्वस्थ बन्नुभएको थियो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया