पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – खपत कम हुँदा दूध किसानले समयमै भुक्तानी पाउन नसकेको उल्लेख गर्दै नेपाल डेरी एसोसिएशनले चाडपर्वमा दूधको खपत बढाउन आग्रह गरेको छ । बजारमा दूध तथा दुग्ध पदार्थको माग कम हुँदा दूध बिक्री गर्ने कम्पनीहरूले किसानलाई समयमै भुक्तानी दिन नसकेको एसोसिएसनको भनाइ छ ।
एसोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले अर्बाैँ रुपैयाँ बराबरको धुलो दूध र बटर 'स्टक' हुँदा किसानले समयमै भुक्तानी नपाएका बताउनुभयो । दूधको खपत कम हुँदा 'मिल्क होलिडे' रोक्न डेरी उद्योगले किसानको दूध निरन्तर खरिद गरी पाउडर दूध बनाएर राख्नुपर्ने बाध्यता बनेको र पाउडर बनाउँदा बटर पनि निस्कने हुँदा अहिले डेरीमा 'स्टक' भएको उहाँको भनाइ छ ।
आर्थिक मन्दी, लम्पी स्किन रोग, सहरबाट मानिस विस्थापनलगायतका कारणले दूधको माग कम भएको र नेपालको उत्पादन भारतको भन्दा केही महँगाे भएर भारतको सीमाबाट नेपाल दूध तथा दुग्ध पदार्थ आयातका कारणले पनि नेपाली किसान मर्कामा पर्दै आएको उहाँले बताउनुभयो ।
‘दशैँको मुखमा भुक्तानी नपाउँदा गाई भैँसीलाई नियमित दाना पानीसमेत खुवाउन किसानलाई कठिन भएको छ । सामान स्टक भएर चालु पुँजी नभएका कारण डेरी उद्योगमा यस्तो आर्थिक समस्या भएको छ’, अध्यक्ष दाहालले भन्नुभयो ।
उहाँले दशैँमा दूध र दुग्धजन्य पदार्थको खपत बढाउन आग्रह गर्नुभयो । ‘किसान र उद्योग बचाउनु सबैको कर्तव्य हो । त्यसैले चाडपर्वमा दूध तथा दुग्ध पदार्थ बढीभन्दा बढी खपत गर्ने र कतै जाँदा कोसेलीको रूपमा पनि दूध तथा दुग्ध पदार्थ नै लगी किसान र उद्योग बचाउने अभियानमा साथ दिन उपभाेक्तालाई आग्रह गर्दछाैँ’, अध्यक्ष दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अतिथिलाई मायाको चिनो दिँदा पनि दूध तथा दुग्ध पदार्थ नै प्रयोग गरिदिन र सहकारीका सदस्यलाई यातायात खर्चबापत दिइने रकमको सट्टामा पनि घिउ, पनिर, गुदपाक, पुस्टकारी, छुर्पी, खुवा आदि वितरण गरी आमकिसान र उद्योगलाई सहयोग पुर्याउन पनि एसोसिएशनले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।