गाजामा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको राष्ट्रसङ्घका महासचिव गुटेरेसको टिप्पणी

 कात्तिक ८, २०८० बुधबार १०:४३:५३ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको टिप्पणी गर्नुभएको छ । उहाँले विना सर्त दुवै पक्षले तत्काल युद्धविरामको घोषणा गर्नुपर्नेमा जोड दिनुभएको छ ।

हमास लडाकु समूहले अक्टोबर ७ तारिखमा इजरायलमा आक्रमण गरेको थियो । लगत्तै इजरायलले गाजा क्षेत्रमा आफ्नो जल, थल र वायु सेनाबाट निरन्तर आक्रमण गरिरहेको छ ।

इजरायलको जवाफी आक्रमणका कारण हजारौं प्यालेस्टाइन नागरिकको ज्यान जानुका साथै लाखौँ घरबारविहीन भएका छन् । तर इजरायली अधिकारीले महासचिव गुटेरेसको सम्बोधनप्रति आपत्ति जनाएका बीबीसीले जनाएको छ । गाजामा पछिल्लो पटक संयुक्त राष्ट्रसङ्घको प्यालेस्टिनी शरणार्थी एजेन्सीका ६ जना कामदार मारिएका पनि राष्ट्रसङ्घले जनाएको छ ।

योसँगै अक्टोबर ७ देखि अहिलेसम्म मारिएका एजेन्सीका कामदारको सङ्ख्या ३५ जना पुगेको छ । गाजापट्टीमा इजरायलले गरेको आक्रमणमा परेर पाँच हजारभन्दा धेरै मानिस मारिएका छन् ।   
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया