इन्डोनेसियामा हवाई इन्धनमा पाम तेल मिसाएर व्यावसायिक उडान सम्पन्न

 कात्तिक १२, २०८० आइतबार १९:१६:३८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इन्डोनेसियाको राष्ट्रिय झण्डावाहक एअरलाइन्स गरुडा एअरले हवाई इन्धनमा पाम तेल मिसाएर सफलतापूर्वक उडान गरेको छ ।

इन्डानेसियाले पाम तेल मिसाएर सफलतापूर्वक यात्रुवाहक उडान गरेको यो पहिलो पटक भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । एक सय जनाभन्दा धेरै यात्रु बोकेर विमान बान्टेन प्रान्तको सोकरनो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै पाँच सय ५० किलोमिटर टाढाको आदि सोमारमो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

गरुडा इन्डोनेसिया एअरका अध्यक्ष निर्देशक इरफान सेतियापुत्रले हवाई इन्धनमा पाम तेल मिसाएर व्यावसायिक उडान गर्नु ठूलो सफलता भएको बताउनुभएको छ । उहाँले खनिज तेलको आयात घटाउनका लागि यो गतिलो फड्को भएको पनि उल्लेख गर्नुभएको छ ।

हवाई र पाम तेल मिसाएर वैकल्पिक जेट इन्धन इन्डोनेसियाको सरकारी स्वामित्वको ऊर्जा फर्म पीटी पेर्टामिनाले उत्पादन गरेको हो । इन्डोनेसियाले २०२१ मा विमानमा यस्तै प्रकारको इन्धन प्रयोग गरी पहिलो परीक्षण उडान गरेको थियो । इन्डोनेसिया विश्वकै सबैभन्दा ठूलो पाम तेल उत्पादक हो ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया