उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
रुकुम पश्चिम – रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्पले पुर्याएको पहिलो चरणको उद्धार कार्य सकिएको छ ।
गए रातिदेखि नै शुरु गरिएको पहिलो चरणको उद्धार कार्य आज सकिएको हो । भूकम्पमा परी नगरपालिकाका ४२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक खड्काका अनुसार ४२ जनाको शव घरपरिवारले बुझिसकेका छन् । घाइते भएका एक सयजनामध्ये जिल्ला अस्पताल सल्ले, नगर अस्पताल राडी र गम्भीर घाइते भएका तीन जनाको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार चलिरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।
नगरपालिकाको प्रभावित क्षेत्र वडा नम्बर ११, १२, १३ र १४ मा ठूलो मानवीय क्षतिसँगै भौतिक संरचना पनि क्षति पुर्याएको छ । मानवीय क्षति भएको ठाउँको खोजी कार्य सकिएको र थप आवश्यक परे नगर प्रहरी जनप्रतिनिधि नेपाल प्रहरी लगाए कर्मचारीको समूह तयारी अवस्था रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहले जानकारी दिनुभयो ।
सानीभेरी गाउँपालिकामा ५० जना घाइते हुँदा १० जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बाफीकोट गाउँपालिका–१ र मुसिकोट नगरपालिकामा दुई जना घाइते भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।