उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
बागलुङ – कर्णाली प्रदेशका सभामुख र उपसभामुख चढेको गाडी बाग्लुङमा दुर्घटनामा परेको छ ।
गाडीलाई मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् भने गाडीमा क्षति पुगेको छ । बागलुङको ढोरपाटन नगरपालिका–२ मल्कटिबाङको मध्यपहाडी लोकमार्गमा बागलुङबाट रुकुमतर्फ जाँदै गरेको सभामुख र उपसभामुख चढेको गाडीमा बुर्तिवाङबाट बागलुङतर्फ आउँदै गरेको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।
रुकुमपूर्व हुँदै कर्णालीतर्फ जाँदै गरेको सभामुख नन्दा गुरूङ र उपसभामुख यशोदा न्यौपाने चढेको कर्णाली प्रदेश २–००–१ झ ००९३ नम्बरको जीप ग ११ प ८१५७ नम्बरको मोटरसाइकलसँग ठोक्किएर दुर्घटना भएको हो ।
मोटरसाइकलमा तीनजना चढेका थिए । मोटरसाइकल अनियन्त्रित भएर गाडीमा ठोक्किएको थियो । मोटरसाइकल चालक बागलुङको निसीखोला गाउँपालिका–२ तल्लो ब्याङ्ग्रीका १८ वर्षीय विमल खत्रीलाई थप उपचारका लागि पोखरा पठाइएको सूचना अधिकारी केसीको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।