उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
गाेरखा - पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटकहरुको लागि मनास्लु क्षेत्र रोजाइमा पर्ने गरेको छ । गोरखा सदरमुकामबाट बूढीगण्डकी नदीको तिरैतिर भइ पाँच हजार एक सय पाँच मिटर उचाइको लार्के भञ्ज्याङ नाघेर लामो पदयात्रापछि यस क्षेत्रमा पुग्न सकिन्छ । चुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु क्षेत्रमा प्राकृतिक सुन्दरता मात्र नभएर सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको पर्यटकीय क्षेत्र हो ।
मनास्लु क्षेत्रमा भ्रमणका लागि पुगेका विदेशी पर्यटकबाट करिब दुई करोड २८ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा मात्र मनास्लु क्षेत्र संरक्षण आयोजना कार्यालय (एमक्याप) ले मनास्लु क्षेत्र घुम्न गएका पर्यटकबाट एक वर्षमा दुई करोड २७ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।
मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालयले मनास्लु घुम्न जाने सार्क राष्ट्रका पर्यटक र अन्य विदेशी पर्यटकबाट प्रवेश शुल्क लिने गर्दै आएको छ । 'कार्यालयले सार्क राष्ट्रका पर्यटकबाट प्रतिव्यक्ति एक हजार शुल्क उठाउने गरेको छ', कार्यालयका प्रमुख सन्तोष शेरचनले भन्नुभयो, 'त्यसबाहेक अन्य विदेशी पर्यटकबाट प्रतिव्यक्ति तीन हजार रुपैयाँ लिने गरिएको छ ।'
गएकाे आर्थिक वर्षमा मनास्लु क्षेत्रमा सार्क राष्ट्रबाट घुम्नका लागि पुगेका एक सय ५९ पर्यटकबाट कुल एक लाख ५९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । त्यस्तै, अन्य विदेशी पर्यटकबाट दुई करोड २६ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । चालु आवमा पर्यटकको सङ्ख्या बढ्ने अनुमान गरिएकाले राजस्व संकलनमा वृद्धि हुने अनुमान गरिएको प्रमुख शेरचनले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म मात्र मनास्लु क्षेत्र पुगेका पर्यटकहरुबाट प्रवेश शुल्कबापत ८५ लाख ९ हजार रुपैयाँ राजस्व सङ्कलन भइसकेको छ । साउनदेखि असोजसम्मको अवधिमा मनास्लु क्षेत्रमा सार्क राष्ट्रका ९७ जना र सार्क राष्ट्रबाहेकका अन्य राष्ट्रबाट दुई हजार आठ सय चार जना गरी कुल दुई हजार नौ सय तीन जना पर्यटक त्यहाँ पुगेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।