पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
पर्सा – वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने उद्योगलाई ३० हजार रुपैयाँ जरिबाना गरेको छ ।
प्रदूषित पानी सिर्सिया नदीमा फालेर फोहरसमेत गरेको भन्दै परवानीपुरमा रहेकाे सिद्धि टेक्साइल प्रालिलाई ३० हजार रुपैयाँ जरिबाना गरेकाे महानगरपालिकाको सरसफाइ शाखा प्रमुख सर्फुदिन मियाँले जानकारी दिनुभयो ।
यसअघि सिर्सिया नदी प्रदूषणमा मुख्य जिम्मेवार देखिएको भन्दै महानगरपालिकाले पाँच वटा उद्योगलाई पटक पटक चेतावनी दिँदा पनि प्रदूषण गर्न नछाडेकाले तीन लाख रुपैयाँका दरले जरिबाना गरेको थियो ।
उद्योगबाट निस्कने रसायनसहितको लेदो तथा फोहर पानी सोझै नदीमा मिसाउँदा नदी दुर्गन्धित र प्रदूषित भएको थियो । महानगरको निरन्तर अनुगमनपछि ग्लोबल लेदर, मारुती पल्स एन्ड पेपर, दुर्गा पल्स एन्ड पेपर र सिद्धी टेक्सटायल्सले भने अझै अटेर गरेको भेटिएको महानगरद्वारा गठित सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले जनाएको छ ।
यसैबीच पर्सा–बारा काेरिडोरका दुई वटा उद्योगले 'ट्रिटमेन्ट प्लान्ट' बनाउन शुरु गरेका छन् । महानगरपालिकाले निरन्तर अनुगमन र कारबाही गर्न थालेपछि प्रदूषण नियन्त्रणका लागि निस्कने रसायनयुक्त लेदो तथा फोहर व्यवस्थापन गर्न उद्योगीले 'ट्रिटमेन्ट प्लान्ट' बनाउन शुरु गरेका हुन् । मरियम लेदर उद्योग र अरनिको टेक्सटायल्सले अत्याधुनिक 'ट्रिटमेन्ट प्लान्ट' बनाउने काम अघि बढाइसकेको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।