बङ्लादेशमा पारिश्रमिक बढाउन श्रमिकको प्रदर्शन, ज्यान गुमाउनेको सङ्ख्या चार पुग्यो

 कात्तिक २७, २०८० सोमबार ८:३१:१२ | एजेन्सी
unn.prixa.net

श्रमिकको विरोध प्रदर्शनका कारण बङ्लादेश अशान्त बन्दै गएको छ । सरकारले पारिश्रमिक बढाउन गरेको प्रस्ताव अत्यन्तै कम भएको विरोधमा तयारी पाेसाक कारखानाका श्रमिकले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

उचित पारिश्रमिकको माग गर्दै हिजो पनि उनीहरुले जुलुस निकालेका थिए । गएको महिना शुरु भएको हिंसात्मक विरोध प्रदर्शनका क्रममा मर्नेको सङ्ख्या चार जना पुगेको छ । विरोध प्रदर्शनका क्रममा कम्तीमा ७० कारखानामा तोडफोड भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विगत एक दशकमा भएको यो प्रदर्शनलाई सबैभन्दा खराब मानिएको छ । न्यूनतम पारिश्रमिक तीन गुणाले बढाएर २३ हजार टाका बनाउनुपर्ने माग गर्दै हजारौँ श्रमिक सडकमा छन् ।

बङ्लादेशको तीन हजार पाँच सय तयारी पोसाक कारखानाले देशको ५५ अर्ब अमेरिकी डलरको वार्षिक निर्यातमा झण्डै ८५ प्रतिशत योगदान गर्छ । तर यो क्षेत्रका ४० लाख श्रमिकमध्ये धेरैको अवस्था दयनीय छ ।

त्यसमा पनि धेरैजसो महिला छन् । सरकारले तयारी पोसाक कारखानाका ४० लाख श्रमिकका लागि पारिश्रमिकमा ५६ दशमलव २५ प्रतिशतले वृद्धि गरेको थियो । श्रमिकहरूले यो प्रस्तावलाई अस्वीकार गरेका छन् ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया