चिनियाँ राष्ट्रपति सी र अमेरिकी समकक्षी जो बाइडेनबीच भेटवार्ता

 कात्तिक ३०, २०८० बिहीबार ११:२३:५७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी समकक्षी जो बाइडेनबीच भेटवार्ता भएको छ । भेटमा दुई शीर्ष नेता उच्चस्तरीय सैन्य सञ्चार फेरि शुरु गर्न सहमत भएको अन्तराष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् । दुई शक्ति राष्ट्रका राष्ट्र प्रमुखहरुको सान फ्रान्सिस्को नजिकै भएको भेटवार्तापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले रचनात्मक र फलदायी छलफल भएको प्रतिक्रिया दिनुभएको छ ।

भेटमा सीले अमेरिका–चीन सम्बन्धमा ताइवान ठूलो मुद्दा भएको बताएको बीबीसीले उल्लेख गरेको छ । चीनले ताइवानमा ठूलो आक्रमणको तयारी नगरेको सीको संकेत रहेको र शक्ति प्रयोग गर्न सकिने अवस्था बारे कुरा गरेको अमेरिकी अधिकारीले बताएका छन् ।

अमेरिकालाई ताइवानलाई हतियार दिन बन्द गर्न र ताइवान स्वतन्त्रतालाई समर्थन नगर्ने आफ्नो प्रतिबद्धतालाई सम्मान गर्न वास्तविक कदम चाल्न आग्रह गरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । यस वर्षको शुरुमा अमेरिकाले चीनले आफ्नो आकाशमा जासुसी बेलुन पठाएको आरोप लगाएपछि सम्बन्ध थप चिसिएको थियो ।

अमेरिकी युद्ध विमानले साउथ क्यारोलाइनाको तटीय क्षेत्रमा त्यसलाई खसालिदिएको थियो । अघिल्लो वर्ष तत्कालीन अमेरिकी सभामुख नान्सी पेलोसीले पनि ताइवानको भ्रमण गर्नुभएको थियो । त्यसको परिणामस्वरूप चीनले दुई देशका सेनाहरूबीचको सम्बन्ध टुटाएको थियो । 

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया