केन्यामा बाढीका कारण ४६ जनाको ज्यान गयो, थप बाढीको चेतावनी

 कात्तिक ३०, २०८० बिहीबार १०:१०:११ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – केन्यामा बाढीका कारण ४६ जनाको ज्यान गएको छ । अल निनो वर्षाका कारण ४६ जनाको ज्यान गएको र अरु भौतिक रुपमा पनि ठूलो क्षति भएको अधिकारीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । त्यहाँ हजारौँ नागरिका विस्थापित भएका आन्तरिक क्याबिनेट सचिव किथुरे किन्डिकीले बताउनुभएको छ । 

सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा उत्तरी केन्याको वाजिर, गारिसा र मन्डेराका साथै पूर्वी क्षेत्रमा माकुएनी, कितुई, पश्चिमी केन्याको होमा खाडी किसुमु रहेका छन् । केन्या सरकाले गारिसा, कितुई  ताना नदी तीन काउन्टीमा सुरक्षा सावधानी जारी गरेको छ ।

ताना र आठ नदी विकास प्राधिकरण (टार्डा)ले लगातारको वर्षाका कारण दुईवटा जलाशयमा पानीको बहाव पाँच मिटरभन्दा माथि पुगेको र कुनै पनि बेला थप बाढी आउन सक्ने चेतावनी दिएको हो । केन्याको मौसम विभागले आउँदाे जनवरीसम्म नै वर्षा हुनसक्ने अनुमान गरेको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया