भारतको जम्मु–कश्मिरमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ३९ जना पुग्यो

 कात्तिक ३०, २०८० बिहिबार १३:४८:५९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारतको जम्मु–कश्मिरमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३९ जना पुगेको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । डोडा भन्ने ठाउँमा घुम्तीमा बस नमोडिँदा सडकबाट चिप्लिएर झण्डै तीन सय फिट तल खसेको हो ।

दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीलाई उद्धृत गरी भारतीय सञ्चार माध्यमले जनाएका छन् । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुर्घटनाप्रति दुःख व्यक्त गरी प्रधानमन्त्री राहत कोषबाट मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
 

अन्तिम अपडेट: कात्तिक ३०, २०८०

तपाईको प्रतिक्रिया