उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाडौं – सर्वोच्च अदालतले सिरियल किलर (अन्तर्राष्ट्रिय कुख्यात अपराधी) चाल्र्स शोभराजलाई सजाय छुट नदिनुको लिखित कारण १५ दिनभित्र पेश गर्न आदेश जारी गरेको छ ।
न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले मंगलबार छुट नहुनुको कारण लिखित रुपमा पेश गर्न सरकारसँग कारण देखाऊ आदेश जारी गरेको हो । अधिवक्ता शकुन्तला थापाले शोभराजको उमेर ७५ वर्ष पुगिसकेको हुनाले सहुलियत दिन माग गर्दै सोमबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गर्नुभएको थियो ।
नेपालको संविधान, कारागार नियमावली, सजाय माफी मुल्तवी, परिवर्तनसम्बन्धी कार्यविधि, ज्येष्ठ नागरिक ऐन र सर्वोच्च अदालतकै विगतका नजिरका आधारमा छुट पाउनुपर्ने माग निवेदनमा गरिएको छ । यसअघि सर्वोच्च अदाललते ७५ वर्ष पूरा भएपछि विदेशी नागरिकको हकमा पनि छुट दिन सकिने आदेश जारी गरेको थियो ।
त्यही आदेशअनुसार शोभराजले पनि छुट पाउनुपर्ने माग गरिएको छ । शोभराजले २०६० असोज २ देखि २०८० असोज १ गतेसम्म २० वर्ष कैद भुक्तान गर्नुपर्नेमा १५ वर्ष भुक्तान गरेको निवेदनमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।