दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना, चालक घाइते

 कात्तिक ३०, २०८० बिहिबार १६:१९:५३ | रासस
unn.prixa.net

दार्चुला – दार्चुलाको नौगाड गाउँपालिकाका अध्यक्ष दलजित सिंह धामी सवार गाडी दुर्घटना भएको छ ।

नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नम्बर ३–०२२ च ५१२९ नम्बरको जीप नौगाड–३ बगडकाे जामिरमा आज बिहीवार दिउँसो दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परि चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका र गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते दुवै जनालाई उपचारका लागि धनगढी लगिएको छ ।

दुर्घटनामा परेकाे जीप नौगाड गाउँपालिकाले भाडामा लिएको जनाइएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया