जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा नेपालले उठाउने एजेन्डा के ?

 कात्तिक ३०, २०८० बिहीबार १७:३८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

वन तथा वातावरण मन्त्रालयका सहसचिव बुद्धि पौडेल

काठमाण्डाै – सरकारले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई अवसरका रूपमा प्रयोग गर्ने बताएको छ । यूएईको दुबईमा मङ्सिर १४ देखि २६ गतेसम्म हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २८ औँ सम्मेलन (कोप–२८) मा नेपालले जलवायु परिवर्तनबाट परेको प्रभावका बारेमा आफ्ना एजेन्डा गहनरूपमा प्रस्तुत गर्ने बताएको हो ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा वन तथा वातवरण मन्त्रालयका सहसचिव बुद्धि पौडेलले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा जलवायु परिवर्तनका कारण परेका असर र प्रभावका बारेमा 'रोडम्याप' बनाएर प्रस्तुत हुने बताउनुभयो । सहसचिव पाैडेलले सरकारले कुनकुन विषयलाई प्राथमिकतामा राख्ने भनेर विज्ञहरूसँग छलफल गरेको र सम्मेलनमा सबैले नेपालको तर्फबाट एउटै आवाज उठाउने बताउनुभयो । राम्रो एजेन्डा र राम्रो 'टिम' भए नेपालले आफूलाई परेका प्रभाव र असरको बारेमा विश्वमञ्चमा आफ्नो आवाज उठाउनसक्ने उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा हाम्रो तीन/चार किसिमको तयारी छ । सम्मेलनमा के–के गर्ने ? कसरी तयारी गर्ने भनेर रोडम्याप बनाएका छौँ । त्योअनुसार अघि बढेका छौँ । हामीले कुनकुन विषयलाई जोड गर्ने ? कुन प्राथमिकतामा राख्ने ? कुन विषय वार्ताका क्रममा नबोले पनि हुन्छ भनेर मुख्य एजेन्डाहरू तयार पारेका छौँ । एउटा पोजिशन पेपर लिएर जाने र सबैले जहाँ गए पनि एउटै आवाज भन्नेछौँ । एजेन्डा यहाँबाट माझेर जानेछौँ ।’

सहसचिव पाैडेलले औपचारिक कार्यक्रमबाहेक पनि अन्य कार्यक्रममा एक्लाएक्लै भेटवार्ता गरी जलवायु परिवर्तनका असरका बारेमा नेपालका समस्या उठाउने उद्देश्य राखेको बताउनुभयो । उहाँले हिमालको समस्याका बारेमा पनि जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा आवाज उठाउने बताउनुभयो । हिमालको विषय एक देशको विषय नभएकोले हिमाल भएका देशहरू मिलेर आवाज उठाउन सकिने उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया