चार देशीय महिला टी–२० क्रिकेट शृङ्खलामा नेपालले आज जापानसँग खेल्दै

 मंसिर २, २०८० शनिबार ६:५५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै - चार देशीय महिला टी–२० क्रिकेट शृङ्खलामा नेपालले आज जापानसँग खेल्दैछ । हङकङमा खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे शुरु हुनेछ ।

नेपालले समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेल खेल्न लागेको हो । पहिलो खेलमा तान्जानियासँग २७ रनले र दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित नेपालको फाइनल खेल्ने सम्भावना यसअघि नै सकिएको छ ।

भोलि नेपालले तेस्रो स्थानको लागि जापानसँग नै खेल्नेछ । हङकङले आयोजना गरेको शृङ्खलामा घरेलु टोलीसहित नेपाल, जापान र तान्जानिया सहभागी छन् ।
 

अन्तिम अपडेट: मंसिर २, २०८०

तपाईको प्रतिक्रिया