अमेरिका र मेक्सिकोका राष्ट्रपति बीच अमेरिका-मेक्सिको आप्रवासन बारे छलफल

 मंसिर २, २०८० शनिबार १६:२६:४३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी राष्ट्रपति जो बाइडेन र मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोर बीच हिजो शुक्रवार अमेरिका-मेक्सिको आप्रवासन बारे छलफल भएको छ । छलफलमा दुई राष्ट्रपति बीच संयुक्त राज्य अमेरिकामा अवैध फेन्टानिल तस्करीको नियन्त्रण गर्न र दुई देशको बीचको सीमामा उत्तरतर्फ जाने आप्रवासीहरूको बढ्दो सङ्ख्यालाई व्यवस्थित गर्न एकसाथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

‘मेक्सिको र संयुक्त राज्य अमेरिका सँगै उभिएर सँगै काम गरेमा मेरो विचारमा कुनै पनि कुरा हाम्रो पहुँचभन्दा बाहिर छैन,’ अमेरिकी राष्ट्रपति बाइडेनले भन्नु भएको छ ।

बाइडेनको लोपेज ओब्राडोरसँगको सम्बन्ध कहिलेकाहीँ तनावपूर्ण  बन्ने गरेको छ । केही हदसम्म फेन्टानिल उत्पादन र पत्रकारहरूको हत्या जस्ता विषयहरूमा बाइडेनले मेक्सिकोको आलोचना गर्नु भएको छ ।  लोपेज ओब्राडोर अमेरिकी नेतालाई बेवास्ता गर्न डराएको देखिँदैन ।

अमेरिकाले क्युबा, निकारागुआ वा भेनेजुएलालाई निमन्त्रणा नगरेको हुनाले मेक्सिकोका राष्ट्रपतिले लस एन्जलस शिखर सम्मेलनमा सहभागिता जनाउनु भएन । त्यहाँ आप्रवासनका विषयमा महत्त्वपूर्ण छलफल हुने बताइएको थियो। उहाँले शुरुमा यो वर्षको एपेक सम्मेलनमा सहभागी नहुने बताए पनि अन्त्यमा भने, मन परिवर्तन गर्नु भएको थियो ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया