उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
मकवानपुर – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशलाई भ्रष्टाचारमुक्त क्षेत्रका रुपमा विकास गर्ने बताउनुभएको छ ।
प्रदेश नं ३ को नीति तथा योजना आयोगले बुधबार आयोजना गरेको गोष्ठीमा उहाँले प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा, मानव संसाधन अगाडि रहेको प्रदेश भएकाले भ्रष्टाचारमुक्त प्रदेशका रुपमा विकास गर्ने बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले कानून निर्माण, नीति निर्माण र कार्यविधि निर्माणको प्रक्रियाले प्रदेश सरकारको काम नदेखिए पनि अब नागरिकको अपेक्षालाई छिट्टै पूरा गर्ने आफूले काम गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल कम्युष्टि पार्टीका नेत्री तथा ३ नं प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले आफूले प्रदेश सरकारलाई सफल पार्न पूर्ण रुपमा सहयोग गर्ने र पार्टी अध्यक्षद्वयसँग सल्लाहसमेत गरिसकेको बताउनुभयो ।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश ३ मा मानव स्रोतसाधनको अभाव हुँदाहुँदै पनि धेरै कानून निर्माण गरेको उल्लेख गर्दै आगामी दिनमा कानून निर्माण गर्दा विज्ञहरुको परामर्शलाई उच्च प्राथमिकता राख्ने बताउनुभयो ।
प्रदेश ३ का नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेतले प्रदेश ३ को समृद्धिका लागि आवश्यक योजना तय गर्न लागिएको र आगामी बन्ने योजनामा आर्थिक पारदर्शिता, उत्पादन पक्ष र दिगो विकासको पक्षमा काम गर्ने निकायलाई बजेट निर्माण गर्दा उच्च प्राथमिकता दिने उल्लेख गर्नुभयो ।
प्रदेशको विकासका लागि मुख्य आधार प्राकृतिक स्रोत र सम्पदा भएकाले आगामी दिनमा प्रदेशलाई समृद्धिको उचाइमा पुर्याउने उद्देश्यले योजना निर्माण गर्ने स्पष्ट पार्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।