यो शताब्दीको अन्त्यसम्म पृथ्वीको तापक्रम वृद्धि २ दशमलव ९ डिग्री सेल्सियससम्म पुग्न सक्ने

 मंसिर ५, २०८० मंगलबार ८:४:१४ | एजेन्सी
unn.prixa.net

संयुक्त राष्ट्र सङ्घले यो शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम वृद्धि २ दशमलव ९ डिग्री सेल्सियससम्म पुग्नसक्ने चेतावनी दिएको छ ।

दुबईमा कोप–२८ जलवायु वार्ताको ठिकअघि पर्यावरण कार्यक्रमको वार्षिक उत्सर्जन रिक्तता रिपोर्ट जारी गर्दै संयुक्त राष्ट्र सङ्घले पृथ्वीलाई मुख्य सीमाभन्दा धेरै तापक्रम वृद्धिको मार्गमा डोहोर्याएको बताएको हो ।

कार्बन कटौती गर्ने देशहरूको योजनाबारे ध्यानाकर्षण गर्दै संयुक्त राष्ट्र सङ्घले पृथ्वीमा सन् २१०० सम्ममा २ दशमलव ५ डिग्री सेल्सियस र २ दशमलव ९ डिग्री सेल्सियस तापक्रम वृद्धि हुने जनाएकाे हाे । 

प्रतिवेदनमा अहिलेसम्म तापक्रम वृद्धि रोक्न गरिएका प्रयास असफलतातर्फ उन्मुख रहेको उल्लेख गरेको छ । अहिले पृथ्वीको वायुमण्डलको तापमानवृद्धि एक दशमलव ४ डिग्री सेल्सियस रहेको छ । संयुक्त राष्ट्रसङ्घले विश्वको तापक्रम वृद्धि एक दशमलव ५ डिग्री सेल्सियसमै सीमित गर्नुपर्ने बताउँदै आएको छ ।  

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया