अस्ट्रेलियाले आप्रवासीको सङ्ख्या आधा घटाउने, विद्यार्थीका लागि अ...
मंसिर २५, २०८० सोमबार
काठमाण्डाै – पूर्वमन्त्री एवम् पूर्वराजदुत डा. भेषबहादुर थापाको 'राष्ट्र परराष्ट्र, एकतन्त्रदेखि गणतन्त्रसम्म' पुस्तक लोकार्पण भएको छ ।
आज मङ्गलवार काठमाण्डाैमा एक कार्यक्रमबीच पुस्तक लोकर्पण गरिएको हो । पुस्तक लोकार्पण कार्यक्रममा लेखक थापाले परिवार र सद्भाव राख्ने मित्रहरूको निरन्तर प्रेरणा र आग्रहमा पुस्तक लेख्न सफल भएको बताउनुभयो । उहाँले पुस्तकमा कलिलो उमेरदेखि नेपाल सरकारमार्फत राष्ट्रिय योजना, आर्थिक राजनीतिक, कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रहरूमा काम गर्दाको अनुभव रहेको बताउनुभयो ।
थापाले पुस्तकमा व्यक्तिगत धारणा नभई आफ्नो व्यवसायिक जीवनको दौडानमा राष्ट्रका लागि महत्त्वपूर्ण घटना र मुद्दालाई समेट्ने प्रयास गरिएको बताउनुभयो । पुस्तकले आफूहरूको पुस्ताले गरेको प्रयासले नेपालको भविष्य निर्माणका लागि आधार सिर्जना गर्ने उहाँकाे विश्वास छ ।
पूर्वमन्त्री थापाको पुस्तक लोकार्पण समारोहमा पुग्नुभएका सांसद डा. स्वर्णिम वाग्ले र सुमना श्रेष्ठले पुस्तकले नेपालको भविष्य निर्माणका लागि नयाँ आायम थप्ने बताउनुभयो ।