निर्वाचन व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डाैमा हुने

 मंसिर ११, २०८० सोमबार २०:११:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसियाका निर्वाचन व्यवस्थापनसम्बन्धी निकाय र संस्थाका उच्चस्तरीय प्रतिनिधिको सहभागितामा यही मङ्सिर २० र २१ गते काठमाण्डाैमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

निर्वाचन आयोग नेपाल र 'एसियन नेटवर्क फर फ्री इलेक्सन' को आयोजनामा हुने छैटौँ संस्करणको ुएसियन इलोक्ट्रोल स्टेकहोल्डर फोरमु को उद्घाटन उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र समापन परराष्ट्रमन्त्री एनपी साउदबाट हुने तय भएको आयोगले जनाएको छ ।

सम्मेलनमा एसिया तथा प्रशान्त क्षेत्रका ४० देशका निर्वाचन व्यवस्थापनसम्बन्धी निकायका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज र निर्वाचनका विभिन्न आयाममा क्रियाशील गैरनाफामूलक तथा प्राज्ञिक संस्थाका दुई सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।

सम्मेलनको मुख्य नारा 'दिगो लोकतन्त्र निर्माण : निर्वाचनसम्बन्धी अवसर र चुनौतीको सम्बोधन' रहेको छ । सम्मेलनमा नेपाललगायत अन्य देशका विज्ञ व्यक्तिबाट सात वटा विषयमा केन्द्रित रही २१ वटा कार्यपत्र प्रस्तुत हुने तथा काठमाण्डाै घोषणापत्र जारी गरिने आयोगले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया