केही व्यक्तिले गणतन्त्रविरुद्ध भ्रम फैलाएर देशमा अराजकता सिर्जना गर्न खाेजे : प्रधानमन्त्री

 मंसिर ११, २०८० सोमबार १९:२३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही व्यक्तिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम फैलाएर देशमा अराजकता सिर्जना गर्न खोजेको आरोप लगाउनुभएको छ ।

छैटाैँ सामाजिक सुरक्षा दिवसको अवसरमा आज साेमवार भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गणतन्त्रविरुद्ध भ्रम फैलाएर देशमा अराजकता सिर्जना गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले इतिहास पछाडि नफर्किने कुरा स्पष्ट रहेको पनि बताउनुभयो । अग्रगमनतर्फ अघि बढेको नेपाली समाजलाई फेरि पछाडि फर्काउन खोज्नेहरूलाई कदापी सफल हुन नदिइने प्रचण्डले चेतावनी दिनुभयाे ।

गणतान्त्रिक व्यवस्थामा ल्याउन भूमिका खेलेका राजनीतिक दल र नेताहरू मिलेर अगाडि बढ्ने प्रधानमन्त्रीको भनाइ छ । उहाँले अर्थतन्त्रका समस्या समाधान गर्नका लागि सरकारले पहल गरिरहेको पनि जानकारी दिनुभयो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया