खाणले न्याय पाउनुहुन्छ : सभापति देउवा

 मंसिर १२, २०८० मंगलबार १९:९:२ | रासस
unn.prixa.net

फाइल तस्बिर

रुपन्देही – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताउनुभएको छ ।

आज मङ्गलवार रुपन्देहीको भैरहवामा नेपाली कांग्रेस रुपन्देही कार्यसमितिको प्रथम जिल्ला सम्मेलनमा सभापति देउवाले खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताउनुभयो । भैरहवासमेत पर्ने रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुभएका कांग्रेस नेता खाणलाई फसाइएको आरोप कार्यकर्ताहरूले लगाएका थिए ।

‘बालकृष्ण खाण यहाँको नेता हो, तपाईँहरूले चुनेर पठाएको प्रतिनिधि पनि हो, त्यस कारण तपाईँहरूलाई चिन्ता लाग्नु स्वाभाविक कुरा हो’, देउवाले भन्नुभयो, ‘तर मलाई विश्वास छ, उहाँले न्याय पाउनुहुनेछ ।’ अदालतमा मुद्दा विचाराधीन रहेका कारण बोल्ने नहुने बताउँदै उहाँले तर पनि आफूलाई खाणले न्याय पाउने विश्वास लागेको बताउनुभयो ।

देउवाले अन्तर्राष्ट्रिय विमानस्थललाई आवश्यक पर्ने पूर्वाधार नभएका कारण विमानस्थल सञ्चालनमा आउन नसकेको बताउनुभयो । ‘अरूलाई दोष दिएर के गर्ने यहाँ चाहिने कुरा नै छैन, अध्यागमनलगायत कार्यालय छैन’, देउवाले भन्नुभयो, ‘काठमाण्डाैमा गएर त्यहाँका सम्बन्धितसँग कुरा गर्ने विश्वास दिलाउन चाहन्छु ।’

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया