नेपाल एअरलाइन्सले हिजो छुटेका यात्रुलाई आज दुबई लैजाने

 मंसिर १४, २०८० बिहीबार १७:१२:४९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा हिजो बुधवार छुटेका ३१ जना यात्रुलाई नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले आज बिहीवार पुर्‍याउने भएको छ । यात्रुलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै निगमले आज वैकल्पिक उडानबाट सबै यात्रुलाई गन्तव्यमा पुर्‍याउने प्रबन्ध मिलाइएको जानकारी गराएको छ ।

हिजाे राति ११ बजेको तालिका भए पनि साढे ९ बजे नै उड्नुपर्ने भएकाले यात्रुको उपलब्ध भएको इमेल, फोन नम्बर र ट्राभल एजेन्सीमार्फत जानकारी गराइएकोमा केही यात्रु छुट्न पुगेका निगमको भनाइ छ । यस्ता घटना फेरि दोहोरिन नदिन र क्षति न्यूनीकरणमा प्रयासरत रहेको पनि निगमले जनाएको छ ।

निगमले गए राति प्रधानमन्त्री प्रचण्डलाई लिएर दुबई जाने क्रममा ३१ जना यात्रु छुटेका थिए । छुटेका यात्रुलाई निगमले होटलमा राखेको छ ।

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया