भारतसँगको टेस्टमा अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमै अलआउट
मंसिर ८, २०८१ शनिबार
तनहुँ – आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीकाे लाब्दी भोटेस्वाँरामा उत्पादित साग र गुन्द्रुक स्थानीय बजारमा खपत हुँदै आएको छ ।
यस क्षेत्रमा उत्पादित साग र गुन्द्रुक स्थानीय आँबुखैरेनी बजारमा सहजै बिक्री हुँदै आएपछि यहाँका किसान खुशी भएका छन् । किसानले उत्पादन गरेका तरकारी बिक्री नभएमा गाउँपालिकाले जिम्मा लिने जनाएपछि यहाँका किसान व्यावसायिक उत्पादनमा लागेका हुन् ।
समुद्र सतहदेखि झन्डै दुई हजार मिटर उचाइमा रहेको यस ठाउँमा रैथाने अर्गानिक रायो साग खेती गरिएको हो । यस वडाका २० घरधुरीले झन्डै ३० रोपनी क्षेत्रफलमा साग खेती गरेका स्थानीय किसान आशिक गुरुङले जानकारी दिनुभयो । सागको प्रतिमुठा ५० र गुन्द्रुकको प्रतिमुठा एक सय रुपैयाँमा बिक्री गर्ने गरिएको छ । उपभाेक्ताले याे मूल्यमा खुशी भएर लैजाने गरेका छन् ।
दैनिक दुई/तीन सय मुठा साग बिक्री हुँदै आएको किसानहरू बताउँछन् । गाउँपालिकाले बिक्री गर्न थालेपछि व्यावसायिक खेतीतर्फ किसान आकर्षित भएका स्थानीय किसान एवम् वडा सदस्यसमेत रहनुभएका लक्ष्मण गुरुङले बताउनुभयो ।
आफूले यस वर्ष पाँच रोपनी बढी क्षेत्रफलमा साग खेती गरेर उत्पादन गरेसँगै बिक्रीको समस्या नरहेको उहाँले जानकारी दिनुभयो । शुरुमा आफ्नो परिवारका लागि खेती गर्ने गरिए पनि गाउँपालिकाले संरक्षण गर्ने भएपछि स्थानीय किसान उत्साहित भएर लागेका हुन् ।
झन्डै १५ दिनको अवधिमा एक लाख रुपैयाँ बढीको साग र गुन्द्रुक बिक्री गरिसकिएको वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो । उत्पादित साग दैनिक तरकारी पसलमा बिक्री गर्ने गरिए पनि हप्तामा एक दिन आँबुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको हाटबजारमा बिक्री गर्न थालिएको छ । शुरुमा थोरै जग्गामा खेती गरिए पनि अहिले कृषिलाई प्रवर्द्धन गर्न व्यावसायिक रूपमा अघि बढाइएको वडाध्यक्ष गुरुङले बताउनुभयो ।
किसानले उत्पादन गरेका वस्तु स्थानीय जनप्रतिनिधिको समन्वयमा बजारसम्म पुर्याउन सहजीकरण हुँदै आएको छ । किसानले उत्पादन गरेका वस्तुले बजार पाएन भने गाउँपालिकाले जिम्मा लिने प्रतिबद्धता जनाएपछि किसान उत्साहित भएर उत्पादनमा लागेका आँबुखैरेनी कृषि शाखाका प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो ।
गाउँपालिकाले किसानलाई बिउमा अनुदानका साथै बजारमा बिक्री नभएको अवस्थामा आफूले जिम्मा लिने प्रबन्ध मिलाइएको छ । चिसो मौसममा गुन्द्रुक फाइदाजनक हुने भएकाले माग बढ्न थालेकाे छ । माग बढेपछि गुन्द्रुक बनाउन थालिएको छ । यहाँको गुन्द्रुक अमिलो र स्वादिष्ट हुने भएकाले अत्यधिक माग बढेको किसान बताउँछन् ।
स्थानीय किसानलाई उत्पादनसँग जोड्दै आयआर्जमा सबल बनाउने योजना अनुरूप ठाउँ र हावापानी सुहाउँदो खेतीलाई प्रवर्द्धन गर्दै आएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।