कोप–२९ मा ‘एनसीक्यूजी’ कार्यान्वयन प्रक्रिया स्पष्ट नभएको गुनासो
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – नेकपा एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्गको दुरी छोट्याउन अध्ययनका लागि इन्जिनियरहरुसहितको टोली परिचालन गरेको छ ।
मङ्सिर १४ गतेबाट मध्यपहाडी लोकमार्गअन्तर्गत आसपासका क्षेत्रहरुमा नागरिकसँग जोडिने अभियान थालेको एमालेले मध्यपहाडी लोकमार्गको दुरी छोटो बनाउनका लागि विज्ञहरुसहितको टोली परिचालन गरेको हो । पार्टीका उपाध्यक्ष विष्णु पौडेलले अभियानमा इन्जिनियहरुसहित जाने र लोकमार्गको दुरी छोटो बनाउने उपाय र आधारबारे अध्ययन गर्ने बताउनु भयो । उहाँले मध्यपहाडी पुष्पलाल लोकमार्गलाई कम्तीमा पनि डबल लेनमा स्तरोन्नति गर्नेतर्फ अभियानले ध्यान दिने पनि बताउनु भयो ।
लोकमार्गका ठाउँठाउँमा सुरुङ मार्गको डिजाइन गरेर भए पनि लोकमार्गको दुरी छोटो बनाउने बारेमा एमालेले अभियानका क्रममा अध्ययन गर्ने बताउनु भयो । उपाध्यक्ष पौडेलले दार्चुलाका बासिन्दा काठमाण्डौ आउँदा कैलाली झरेर नभइ मध्यपहाडी लोकमार्गबाट नै आउनसक्ने र पाँचथर, ताप्लेजुङका जनता काठमाण्डौ आउँदा झापा नझरी काठमाण्डौ आउनसक्ने गरी पुष्पलाल लोकमार्गको विकास गर्ने उद्देश्य रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यस पटकको यात्रामा पुष्पलाल लोकमार्गको सन्दर्भमा हामीले केही महत्वपूर्ण अनुभव सङ्ग्रहित गर्छौँ । यस लोकमार्गको एलाइमेण्टलाई अझ छोटो पार्ने उपाय के हुनसक्छ ? त्यसतर्फ पनि हाम्रो ध्यान जान्छ । विषय विज्ञहरुको टिम पनि साथमा रहन्छ । दुरीलाई छोटो पार्ने उपाय के हुनसक्छन् ? त्यसमा ध्यान जान्छ । हामीले मध्यपहाडी पुष्पलाल लोकमार्गलाई कम्तीमा पनि डबल लेनमा यसको स्तरोन्नति गर्नेतर्फ हामी के गर्नुपर्छ, त्यस्मा ध्यान दिनेछौँ ।’
नेकपा एमालेले मङ्सिर १४ गतेबाट महाकाली–मेची अभियान शुरु गरेको हो । तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले २०६४/६५ मा तराईमा जस्तै मध्यपहाडी भूभागलाई राजमार्गले पूर्व–पश्चिम जोड्ने उद्देश्यले पहिलो पटक मध्यपहाडी (पुष्पलाल) लोकमार्गको रेखाङ्कन गरी बजेट विनियोजन गर्नुभएको थियो । भट्टराई नै २०६८ मा प्रधानमन्त्री भएका बेला त्यो लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर अघि बढाइएको थियो ।
एक हजार ८ सय ७९ किलोमिटरमध्ये ४ सय ६२ किलोमिटर सडक भने पहिले नै बनेको सडकलाई मध्य पहाडी लोकमार्गमा जोडिएको छ । पाँचथरको चियो भञ्ज्याङबाट शुरू हुने मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला हुँदै बैतडीको झुलाघाटमा पुगेर टुङ्गिन्छ । लोकमार्गलाई अझै छोट्याउने, डेडिकेटेड एक्सप्रेस हाइवेको रूपमा विकास गर्ने तथा आवश्यक ठाउँमा सुरुङ खन्ने लगायतका कामको योजना भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।