भारतसँगको टेस्टमा अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमै अलआउट
मंसिर ८, २०८१ शनिबार
पाल्पा – पाल्पाकाे रामपुरमा व्यावसायिक कालिजपालन शुरु भएकाे छ । यस क्षेत्रमा नयाँ व्यवसायको रुपमा मनिम रानाले कालिजपालनकाे थालनी गर्नुभएको हाे । पाल्पाकाे रामपरु नगरपालिका–४ काे बरडाँडा आरुमकोटमा व्यवस्थित तरिकाले कालिजपालन व्यवसाय शुरु गरिएको छ । चारैतिर व्यवस्थित तारजालीले घेरेको भिरालो जमिनमा कालिजपालन थालनी भएको हो । व्यवसायी लोकमाया रानाले कालिज पालन हेर्न विभिन्न ठाउँबाट मानिस आउने गरेको बताउनुभयो । गएको जेठमा उहाँका छोरा मनिम रानाले यो व्यवसाय शुरु गर्नुभएको थियो ।
‘छोराको रहरले शुरु गरेको व्यवसाय अहिले मैले रेखदेख गरिरहेको छु, नयाँ व्यवसाय हुँदा धेरै रेखदेख गर्नुपर्ने रहेछ, अब बिक्री गर्न लायकको हुन थालेको छ,’ लोकमायाले भन्नुभयो । उहाँको फार्ममा हाल एक सय ५० वटा कालिज छन् । गएको जेठमा पोखराबाट पाँच सय चल्ला ल्याएर व्यवसाय सञ्चालन गरिएको उहाँले बताउनुभयो । नयाँ व्यवसाय भएकाले चल्ला हुर्काउन समस्या परेको उहाको भनाइ थियो । जङ्गलको बीचमा व्यवसाय भएकाले वन बिरालो, सर्प पसेर चल्ला झम्टने, मार्ने गरेको उहाँले बताउनुभयो ।
उहाँले एउटा चल्ला चार सय रुपैयाँमा खरिद गरेर पाल्न थाल्नुभएको हो । करिब चार रोपनी जग्गा भाडामा लिएर आफूसँगै एक जना हेरालु कामदार राखिएको लोकमायाले जानकारी दिनुभयो । पहिलो पटक भएकाले पाल्ने प्रविधिमा केही समस्या भए पनि अर्को पटक चल्ला राख्न धेरै ज्ञान सीप प्राप्त भएको उहाँको अनुभव छ ।
रामपुरलाई कालिजपालनमा चिनाउन, गाउँका जग्गा छाडेर सहर बजारमा जाने क्रम बढेकाले गाउँमै बसेर पनि केही गरियो भने आयआर्जन गर्न सकिने रहेछ भनेर यहाँ व्यावसायिक रुपमा कालिजपालन शुरु गरेको उहाँको भनाइ छ । करिब ३० लाख रुपैयाँको लगानीमा व्यवसाय सञ्चालन गरिएको छ । अहिले यस क्षेत्रमा भाले कालिज तीन हजार र पोथी दुई हजार पाँच सय रुपैयाँमा बिक्री हुने गरेको छ।
कालिजपालनमा तौरतरिका मिलेको खण्डमा प्रशस्त कमाइ गर्न सकिन्छ । कालिज विशेषतः छदेखि आठ महिनामा बिक्रीका लागि योग्य हुन्छ । कलिलो तथा नरम घाँस, घरमै खस्रो बनाएर पिसेको गहुँ तथा मकैको दाना कालिजको आहारा हो । कालिजको मासुको माग पछिल्लो समय अत्यधिक मात्रामा बढ्दो छ । कालिजपालन व्यवसायमा पछिल्लो समय युवाको आकर्षण बढिरहेको देखिन्छ । अहिले बजारमा कालिजको माग बढ्दो छ । बजार मूल्य राम्रो हुन थालेपछि यसको व्यावसायिक पालनमा आकर्षण बढ्न थालेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।