सामाजिक सुरक्षा कोषबाट उपचार सुविधा विस्तार
मंसिर १२, २०८१ बुधबार
बाग्लुङ - बाग्लुङमा एकै रातमा छ वटा घरमा चोरी भएको छ । जिल्लाको बडिगाड गाउँपालिका–५ खौलार बजारका छ वटा घरबाट सुनसहित पाँच लाख रुपैयाँ बराबरको नगद चोरी भएको हो । एकै रातमा बजारका आधा दर्जनभन्दा बढी घरमा चोरी हुँदा स्थानीय त्रसित भएका छन् ।
बजारको पाँच पसलबाट नगद र एक घरबाट सुनचाँदी चाेरी भएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो । रातको २ देखि ३ बजेको समयमा स्थानीय अर्जुनप्रसाद खरेलको घरबाट साढे तीन तोला सुन, खौलार बजारको प्रज्ज्वल दाना पसलबाट नगद ६० हजार, खरेल भाडा पसल तथा हार्डवेयरबाट नगद १५ हजार, जलजला होटलबाट नगद १० हजार, मायालु होटलबाट पाँच हजार कक्षपति स्टोर्सबाट चार हजार रुपैयाँ नगद चोरी भएको अध्यक्ष अधिकारीले बताउनुभयो ।
सबै घरका ताल्चा फुटाएर चाेरी भएकाे स्थानीयले बताएका छन्। जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन केसीले घटनाको अनुसन्धान गरिने बताउनु भएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।