गगनको प्रश्न : कांग्रेस सरकारमा भएकाे बेलामा यति धेरै काण्डहरू किन भइरहेकाे छ ?

 मंसिर २४, २०८० आइतबार १६:३३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुशासनका कारण नागरिक आक्रान्त भएको बताउनुभएको छ ।

आज आइतवार पार्टीकाे मुखपत्र 'नेपाल पुकार' को लोकार्पण समारोहमा महामन्त्री थापाले एउटा प्रकरण सेलाउन नपाउँदै अर्को अनियमितताको प्रकरण आउनु नागरिक र देशका लागि दुःखद भएको बताउनुभयो । पार्टी केन्द्रीय सानेपामा भएकाे कार्यक्रममा उहाँले कांग्रेस सरकारमा भएको बेलामा कुशासनका यति धेरै घटना किन भइरहेको छन् भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आजको दिनमा कुशासनका घटना धेरै भइरहेका छन् । एउटा काण्ड सेलाउन पाएको हुँदैन, अर्को काण्ड आउँछ । केही समयअघिसम्म सुन काण्ड थियो, नक्कली भुटानी शरणार्थी प्रकरण थियो । अब एनसेल काण्ड आयो । अब केही दिन यही चल्छ । यो सेलाउन पाएको छैन, अर्को आउँछ । यो काण्ड कुशासनसँग जोडिएको छ । कुशासन कि नियतसँग जोडिएको छ कि अयोग्यतासँग जोडिएको छ । शासन हामीले गरिरहेका छौँ । सुशासन हाम्रो वाचा मात्रै होइन, त्यसकै निम्ति जन्मिएको पार्टी हो । त्यसैले हामी सरकारमा भएको बेला, हाम्रो नियन्त्रणमा राजनीति भएको बेलामा, हामी सबैभन्दा प्रभावशाली भएको बेलामा, हामीले भनेको बाटोमा देश हिँडिरहेको बेलामा कुशासनका यति धेरै घटना किन भइरहेका छन् । यति धेरै काण्डहरू किन भइरहेको छ ? जरामा के छ ? समस्या कहाँनेर छ ? के कारणले गर्दा आएको छ ?’

महामन्त्री थापाले कांग्रेस समुन्नतिको पक्षमा अघि बढ्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया