अस्ट्रेलियाले आप्रवासीको सङ्ख्या आधा घटाउने, विद्यार्थीका लागि अङ्ग्रेजीमा कडाइ

 मंसिर २५, २०८० सोमबार १६:५९:१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अस्ट्रेलिया सरकारले आउँदो २ वर्षभित्र आफ्नो देश आउने विदेशी आप्रवासीको सङ्ख्या आधा घटाउने जनाएको छ । अस्ट्रेलियाले सन् २०२५ को जुन महिनाभित्र देशमा वार्षिक भित्रिने आप्रवासीको सङ्ख्या घटाएर अढाई लाख बनाउने लक्ष्य राखेको छ । याे सङ्ख्या कोभिड–१९ महामारीअघिको जस्तै छ ।

नयाँ योजनाअनुसार अन्तर्राष्ट्रिय विद्यार्थी र न्यून सीप भएका कामदारलाई भिसामा त्यति सहज हुने छैन । गृहमन्त्री क्लेर ओ नीलले आज साेमवार पत्रकार सम्मेलन गर्दै सरकारको १० वर्षे आप्रवासन रणनीति सार्वजनिक गर्नुभयो ।

सन् २०२३ को जुन महिनामा विदेशबाट ५ लाख १० हजार मानिस अस्ट्रेलिया पुगेका छन् । याे अहिलेसम्मकै सर्वाधिक सङ्ख्या हो । तर गृहमन्त्रीले आफ्नो सरकारले आप्रवासीको सङ्ख्या नियन्त्रण गर्ने र देशमा भित्रिने मानिसको सङ्ख्या वार्षिक ५० प्रतिशतले घटाउने बताएका बीबीसीले जनाएको छ । यो रणनीतिअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भाषिक सीपको आवश्यकता पनि परिमार्जन गरिएको छ । अब विद्यार्थीले दिनुपर्ने अङ्ग्रेजी भाषाको परीक्षामा कडाइ हुनेछ । दोस्रो भिसा आवेदन दिनेहरूका हकमा थप समीक्षा हुने भएको छ । त्यस क्रममा विद्यार्थीले आफूले गर्न खोजेको थप अध्ययनकाे प्राज्ञिक उद्देश्य वा करिअरलाई अगाडि बढाउने कुरा प्रमाणित गर्न सक्नुपर्नेछ ।

विवरणअनुसार अहिले अस्ट्रेलियामा साढे ६ लाख विदेशी विद्यार्थी छन् । तीमध्ये धेरैजसोले दोस्रो पटक भिसा लिएका छन् ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया