अहिलेसम्म माैका नपाएकालाई राष्ट्रियसभामा उम्मेदवार बनाउनुपर्छ : गगन थापा

 मंसिर २७, २०८० बुधबार १८:१७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले राष्ट्रियसभा चुनावमा अवसर नपाएकालाई उम्मेदवार बनाउनुपर्ने बताउनुभएको छ ।

आज बुधवार संस्थापन इतर पक्षको भेला सकिएलगत्तै महामन्त्री थापाले यसअघि चुनावमा प्रतिस्पर्धा नगरेका र मौका नपाएकालाई राष्ट्रियसभा चुनावमा उम्मेदवारी बनाउनका लागि पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिने निर्णय गरेको बताउनुभयाे । त्यसका लागि एउटा मापदण्ड बनाएर जाने विषयमा पनि छलफल गरिएको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रियसभा चुनावमा अहिलेसम्म मौका नपाएका, यसअघिकाे चुनावमा भाग नलिएकालाई उम्मेदवार बनाउनुपर्छ । यो समूहले यति पाउनुपर्छ, उति पाउनुपर्छ भन्दा पनि याे पटक सभापतिले राष्ट्रियसभाको टिकट बाँड्दै गर्दाखेरी उहाँ सिङ्गाे कांग्रेसको सभापति बन्न सक्नुहुन्छ कि हुन्न भन्ने कुरा महत्त्वपूर्ण हाे । यसका निम्ति हाम्रो तर्फबाट प्रेरित गर्ने, दबाब दिने काम गर्नुपर्छ भनेर आज हामीले छलफल गरेको हो ।’

त्यसैगरी बैठकले महासमिति बैठक सार्न नहुने निष्कर्ष पनि निकालेको छ । पार्टीको महासमिति बैठक पनि समयमै गर्नुपर्ने विषयमा पनि छलफल भएको महामन्त्री थापाले बताउनुभयो । उहाँले बैठकमा सुशासनको पक्षमा जोड दिएर अघि बढ्न सरकारलाई पनि सङ्गठित रूपमा दबाब दिन नेताहरूले जोड दिएका बताउनुभयो ।

महामन्त्री थापाले सरकारलाई सुशासनको पक्षमा अघि बढाउन दबाब नै दिनुपर्ने अवस्था आएको पनि उल्लेख गर्नुभयाे ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया