आज काठमाण्डौका विभिन्न ठाउँमा चार घण्टा बिजुली नआउने

 मंसिर ३०, २०८० शनिबार ७:११:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज शनिवार काठमाण्डौका विभिन्न ठाउँमा बिजुली नआउने भएको छ ।

टेकुमा रहेको सबस्टेशनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाण्डौका विभिन्न ठाउँमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म बिजुली आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

टेकु सबस्टेशनबाट बिजुली आपूर्ति हुने स्वास्थ्य सेवा विभाग परिसर, भीमसेनस्थान, रामघाट, मरुहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्काे, ब्रम्हटोल, जैसीदेवल चोकसम्म बिजुली आपूर्ति बन्द हुने प्राधिकरणले निकालेको सूचनामा उल्लेख छ ।

त्यस्तै, ज्याबहाल, झोसे, ओमबहाल, भोटेबहाल, यङ्गाल, लगन, महाबौद्ध, भोटाहिटी, असन, बाङ्गेमुढा, इन्द्रचोक, सुन्धारा, सेन्ट्रल जेल, रङ्गशाला अगाडि, न्युरोड, वसन्तपुर दरबार स्क्वायर, रवि भवन, सोल्टीमोड, सुनारगाउँ, आर्मी हस्पिटल, नख्खु चोक, बागडोल, धोबिधारा, मलपोखरी, धोबिघाटलगायतका क्षेत्रमा पनि चार घण्टा बिजुलीको आपूर्ति बन्द हुनेछ ।

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया