अमेरिकामा राष्ट्रपतीय चुनावी सर्वेक्षण : बाइडेनभन्दा ट्रम्प अघि

 पुष १, २०८० आइतबार १५:८:३४ | एजेन्सी
unn.prixa.net

फाेटाे : एबीसी न्युज

काठमाण्डौ – अमेरिकामा आउँदो वर्ष हुने राष्ट्रपतीय चुनावको लागि विभिन्न सर्वेक्षण शुरु भएका छन् । आउँदो वर्षको नोभेम्वरमा हुने चुनावमा अहिलेका राष्ट्रपति जो बाइडेनले उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उम्मेदवारीको घोषणा गरिसक्नुभएको छैन । तर, रिपब्लिकन पार्टीबाट उहाँ नै निर्विकल्प जस्तै हुनुहुन्छ ।  झण्डै ११ महिनापछि हुने चुनावको लागि गरिएका विभिन्न सर्वेक्षणले बाइडेन भन्दा ट्रम्प अघि रहेको देखाएका छन् ।

अमेरिकी सञ्चारमाध्यम सीएननको पछिल्लो मतदाता सर्वेक्षणमा ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी बाइडेनलाई पछि पारेको देखिएको छ । हरेक चुनावमा आफ्नो प्राथमिकता परिवर्तन गर्ने लाखौँ मतदाताले ट्रम्पलाई समर्थन गरेका खबरमा उल्लेख छ ।

मतदाताले हरेक चुनावमा उम्मेदवार परिवर्तन गर्ने राज्यहरु जर्जिया, मिसिगन, नेभाडा एरिजोना, विस्कन्सिन, र पेन्सिलभेनिया जस्ता राज्यमा ट्रम्प राष्ट्रपति बाइडेनभन्दा अगाडि हुनुहुन्छ । सन् २०२० को चुनावमा जो बाइडेनले यी ६ वटा राज्यमा जित हासिल गर्नुभएको थियो ।

अमेरिकाको राष्ट्रपति बन्नका लागि डोनाल्ड ट्रम्पले यी मध्ये कुनै एक राज्यमा जित्नुपर्ने अनुमान गरिएको छ । यसै हप्ता भएको ब्लूमबर्ग/मोर्निंग कन्सल्ट मतदाता सर्वेक्षणले पनि बाइडेन पछि परेको देखाएको थियो।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया