अपराजित धनगढीलाई हराउँदा झापाकाे प्लेअफ सम्भावना कायमै

 पुस ४, २०८० बुधबार १९:१४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – धनगढी एफसीलाई हराउँदै झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) मा प्लेअफ सम्भावना कायमै राखेकाे छ ।

आज बुधवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा झापाले धनगढीलाई २–० गाेलले हरायाे । पहिलाे हाफ गाेलरहित बराबरीमा सकिएकाे खेलमा झापाले दुवै गाेल दाेस्राे हाफमा गरे । झापाका कप्तान अञ्जन विष्टले खेलकाे ५३ र समिराज थाेकरले ७७ मिनेटमा गाेल गरे ।

याे जितसँगै झापा ७ खेलमा १० अङ्कसहित तालिकाकाे चाैथाे स्थानमा उक्लिएकाे छ । याे हारसँगै धनगढीकाे अपराजित यात्रा सकिएकाे छ । धनगढी ७ खेलमा १२ अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ ।

अब धनगढीले अन्तिम खेलमा शुक्रवार शीर्ष स्थानको पोखरा थन्डर्ससँग खेल्ने छ । प्लेअफमा स्थान बनाउन धनगढीले कम्तीमा बराबरीको नतिजा निकाल्नु पर्नेछ । झापाले भने एफसी चितवनसँग खेल्ने छ । झापाले प्लेअफमा स्थान बनाउन खेल जित्नै पर्नेछ ।

यसअघि हिजाे मङ्गलवार भएकाे खेलमा बुटवल लुम्बिनी एफसीलाई हराउँदै पाेखरा थन्डर्स नेपाल सुपर लिगकाे प्लेअफमा पुगेकाे थियाे ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया