प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट : बाग्मती र एपीएफकाे विजयी शुरुवात

 पुष ५, २०८० बिहीबार १४:४७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बाग्मती प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विजयी शुरुवात गरेका छन् ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा बाग्मतीले मधेस प्रदेशलाई २८ रनले हरायो । बाग्मतीले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको मधेसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ८९ रनमात्र बनाउन सक्यो । मधेसका लागि पूजा महतोले सर्वाधिक ३५ रन बनाइन् । बलिङतर्फ बाग्मतीकी अस्मिना कर्माचार्यले २ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बाग्मतीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय १७ रन बनायो । बाग्मतीका लागि यशोदा विष्टले नट आउट ४७ र कप्तान अस्मिना कर्माचार्यले नट आउट ३० रन बनाइन् । बलिङतर्फ मधेसकी पूजा महतोले २ विकेट लिइन् ।

आजै मूलपानी क्रिकेट मैदानमा भएको दोस्रो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हरायो । सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य एपीएफले १६ ओभर १ बलमा मात्र १ विकेट गुमाएर भेटायो । एपीएफका लागि ज्योति पाण्डेले नट आउट ४९ र इन्दु वर्माले नट आउट ३१ रन बनाइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रन बनायो । सुदूरपश्चिमका लागि कविता जोशीले सर्वाधिक २२ रन बनाइन् । बलिङतर्फ एपीएफकी सोनु खड्काले २ विकेट लिइन् ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया