प्रधानमन्त्री कप महिला क्रिकेटमा लुम्बिनीले गण्डकीलाई ४ विकेटले हरायाे

 पुष ५, २०८० बिहीबार १६:१३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले विजयी शुरुवात गरेकाे छ ।

आज बिहीवार भएकाे खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ४ विकेटले हरायाे । गण्डकीले दिएकाे १ सय ३ रनकाे लक्ष्य लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाएर भेटायाे । लुम्बिनीका लागि लक्ष्मी चाैधरीले सर्वाधिक ४२ रन बनाइन् । बलिङतर्फ गण्डकीकी सृष्टि जैसीले २ विकेट लिइन् ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे गण्डकीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय २ रन बनायाे । गण्डकीका लागि सुमन खतिवडाले १८ बलमा नट आउट ३३ रन बनाइन् । बलिङतर्फ लुम्बिनीकी मधु डीसी, सरस्वती पुन र कमला जीएमले समान १/१ विकेट लिइन् ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया