वीरगञ्जले काठमाण्डाैलाई ४–१ गाेलले हरायाे, ओपाेकुकाे ह्याट्रिक

 पुस ५, २०८० बिहिबार १९:८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) मा वीरगञ्ज युनाइटेड एफसीले काठमाण्डाै रेजर्स एफसीलाई हराएकाे छ ।

आज बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा वीरगञ्जले काठमाण्डाैलाई ४–१ गाेलले हरायाे । पहिलो हाफ १–१ को बराबरीमा सकिएकोमा दोस्रो हाफमा वीरगञ्जले ३ गोल गर्‍याे ।

खेलमा काठमाण्डाैले शुरुवाती अग्रता लिए पनि जाेगाउन सकेन । वीरगञ्जकाे जितमा विलियम ओपाेकुले ह्याट्रिक गरे । याेसँगै ओपाेकु एनएसएलकाे दाेस्राे संस्करणमा ह्याट्रिक गर्ने पहिलाे खेलाडी बनेका छन् । उनले खेलकाे ४५, ५५ र ५७ औँ मिनेटमा गाेल गरे । काठमाण्डाैका जुनिएर ओन्गुइनले १ गाेल गरे ।

याे जितसँगै वीरगञ्जले ७ खेलमा ८ अङ्क जाेड्दै तालिकाकाे छैटाैँ स्थानमा उक्लिएकाे छ । वीरगञ्जले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेकाे छ । ७ खेलमा ९ अङ्कसहित पाँचाैँ स्थानमा रहेकाे काठमाण्डाैकाे पनि प्लेअफ सम्भावना कायमै छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया