प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट : गण्डकीकाे पहिलाे जित, अञ्जली र ज्याेत्स्निकाकाे अर्धशतक

 पुष ६, २०८० शुक्रबार १३:२४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा गण्डकी प्रदेशले पहिलाे जित निकालेकाे छ ।

आज शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ४४ रनले हरायाे । गण्डकीले दिएकाे १ सय ४२ रनकाे लक्ष्य पछ्याएकाे कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९७ रनमात्र बनाउन सक्याे । कर्णालीका लागि गाैरी बाेहाेराले सर्वाधिक २६ रन बनाइन् । बलिङतर्फ गण्डकीकी रचना चाैधरीले २ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे गण्डकीले निर्धारित २० ओ‌भरमा ६ विकेट गुमाएर १ सय ४१ रन बनायाे । गण्डकीका लागि अञ्जली विश्वकर्मा र ज्याेत्स्निका मरासिनीले अर्धशतक बनाए । अञ्जली ४८ बलमा ५१ र ज्याेत्स्निका ४० बलमा ५० रन बनाएर आउट भइन् । बलिङतर्फ कर्णालीकी यमुना थारु र अञ्जु गुरुङले समान २ विकेट लिए ।

याे जितसँगै गण्डकी २ खेलमा २ अङ्कसहित तालिकाकाे चाैथाे स्थानमा छ । गण्डकी पहिलाे खेलमा लुम्बिनीसँग ४ विकेटले पराजित भएकाे थियाे । कर्णाली लगातार दाेस्राे हारसहित तालिकाकाे पुछारमा छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया