चितवनसँग हारेसँगै झापाकाे प्लेअफ सम्भावना अन्य टाेलीकाे नतिजामा निर्भर

 पुस ६, २०८० शुक्रबार १९:२५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनले झापा एफसीलाई हराउँदै सान्त्वना जित निकालेकाे छ ।

आज शुक्रवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा चितवनले झापालाई २–० गाेलले हरायाे । चितवनकाे जितमा रफिक अमिनुले नै २ गाेल गरे । याे हारसँगै झापाकाे प्लेअफ सम्भावना अन्य टाेलीकाे नतिजामा निर्भर रहने छ ।

याे जितसँगै चितवन ८ खेलमा ९ अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा उक्लिएकाे छ । झापा ८ खेलमा १० अङ्कसहित तालिकाकाे चाैथाे स्थानमा छ । चितवनकाे प्लेअफ खेल्ने सम्भावना यसअघि नै सकिसकेकाे थियाे ।

भाेलि शनिवार लिग चरणकाे अन्तिम खेलमा वीरगञ्ज युनाइटेड एफसी र एफसी बुटवल लुम्बिनी तथा काठमाण्डाै रेजर्स एफसी र ललितपुर सिटी एफसीबीच खेल हुने छ । यी खेलमा वीरगञ्ज र काठमाण्डाै हारेकाे अवस्थामा झापाकाे प्लेअफ खेल्ने सम्भावना रहने छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया