ललितपुरलाई हराउँदै काठमाण्डाै प्लेअफमा

 पुस ७, २०८० शनिबार १९:२०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) काे प्लेअफ समीकरण पूरा भएकाे छ । आज शनिवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे लिग चरणकाे अन्तिम खेलबाट काठमाण्डाै रेजर्स एफसी प्लेअफमा पुग्याे ।

प्लेअफ पुग्ने अन्तिम टाेली बनेकाे काठमाण्डाैले ललितपुर सिटी एफसीलाई १–० गाेलले हरायाे । काठमाण्डाैका लागि पहिलाे हाफकाे इन्ज्युरी समयमा आन्द्रेस नियाले गरेकाे गाेल निर्णायक भयाे । निकै प्रतिस्पर्धात्मक खेलकाे ७५ औँ मिनेटमा काठमाण्डाैका अमित तामाङले रेड कार्ड पाउँदै बाहिरिए भने ललितपुरले त्यसकाे फाइदा उठाउन सकेन । काठमाण्डाैकाे जितले ८ खेलमा १० अङ्क भएर पनि गाेल अन्तरका आधारमा झापा एफसी बाहिरिएकाे छ ।

याे जितसँगै काठमाण्डाै ८ खेलमा १२ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा उक्लिएकाे छ । यसअघि नै प्लेअफ पुगिसकेकाे ललितपुर याे हारले ८ खेलमा १० अङ्कसहित चाैथाे स्थानमा झरेकाे छ ।

ललितपुरकाे हारले धनगढी एफसीलाई फाइदा भएकाे छ । धनगढीले ८ खेलमा १३ अङ्कसहित दाेस्राे स्थानमा रहेर क्वालिफायरमा स्थान बनाएकाे छ । पाेखरा ८ खेलमा १५ अङ्कसहित शीर्ष स्थानमा छ ।

एनएसएलको क्वालिफायरमा पर्सि साेमवार पोखरा र धनगढीबीच खेल हुनेछ । याे खेल जित्ने टाेली फाइनलमा पुग्नेछ । याे खेल हार्ने टाेलीले फाइनल प्रवेशका लागि आउँदाे बिहीवार एलिमिनेटरको विजेतासँग खेल्नेछ । एलिमिनेटरमा मङ्गलवार ललितपुर र काठमाण्डाैबीच खेल हुनेछ ।

 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया