लुम्बिनीका नवनियुक्त २ जना मन्त्रीले शपथ लिए

 पुस ८, २०८० आइतबार १७:१९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – लुम्बिनी प्रदेशका नवनियुक्त दुई जना मन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् ।

आज आइतवार प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले नेकपा (माओवादी केन्द्र) की कृष्णा केसी र नेपाली कांग्रेसका सराेज थापालाई शपथ गराउनुभएकाे हाे ।

केसी सहरी विकास मन्त्री र थापा उद्याेग तथा यातायात मन्त्री नियुक्त हुनुभएकाे थियाे । मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले हिजाे शनिवार केसी र थापालाई मन्त्री नियुक्त गर्नुभएकाे थियाे ।

लुम्बिनीमा सरकार गठन भएको आठ महिनापछि तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको हाे । याेसँगै लुम्बिनी प्रदेश मन्त्रिपरिषद् नाै सदस्यीय भएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया