आफ्नो लक्ष्य हासिल नभएसम्म गाजामा सैन्य अभियान नरोक्ने इजरायलको अडान

 पुष ८, २०८० आइतबार १८:३०:१६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायली सेनाले गाजामा आफ्नो सैन्य अभियान जारी राख्ने जनाएको छ । इजरायली सेनाले यो अभियान कठिन र लामो हुने बताएको बीबीसी हिन्दीले जनाएको छ । इजरायली सेनाले याे हप्ता उत्तरी गाजा र दक्षिणी गाजामा कारबाही विस्तार गरेको छ ।

इजरायलको एक सञ्चारमाध्यमसँगको अन्तरवार्तामा पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले आफ्ना सबै लक्ष्य हासिल नगरेसम्म यो युद्ध जारी रहने बताउनुभएको खबरमा उल्लेख छ ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुरा गर्दै नागरिकको सुरक्षामा जोड दिन आग्रह गर्नुभएकाे छ । राष्ट्रपति बाइडेनले आफूले युद्धविरामका लागि कुरा नगरेको तर नागरिकको सुरक्षामा जोड दिएको बताउनुभएको हो ।

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा अहिलेसम्म २० हजारभन्दा धेरै मानिस मारिएका छन् जसमा झन्डै नौ हजार जनाभन्दा धेरै बालबालिका रहेका छन् । इजरायलतर्फ अहिलेसम्म १२ सय जनाको ज्यान गएको छ । हमासले दुई सय ४० जनालाई बन्धक बनाएकोमा झन्डै एक सय जनालाई रिहा गरेको छ ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया