पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसहित पीटीआईका नेताकाे उम्मेदवारी रद्द

 पुस १५, २०८० आइतबार ८:४२:२१ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

पाकिस्तानको निर्वाचन आयोगले जेलमा रहेका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खानको उम्मेदवारी रद्द गरेको छ । 

आयाेगले पाकिस्तानमा आउँदो फेब्रुअरी ८ तारिखमा हुन लागेकाे संसदीय चुनावमा उम्मेदवार बन्न खान अयाेग्य रहेकाे उल्लेख गर्दै उम्मेदवारी खारेज गरेकाे बीबीसी हिन्दीले जनाएकाे छ ।

खानसँगै पीटीआईका अन्य उम्मेदवारहरुकाे पनि उम्मेदवारी अस्वीकृत भएकाे पीटीआईका कराची अध्यक्ष खुर्रम शेर जमानले ट्वीटरमार्फत् जानकारी दिनुभएकाे छ । 

चुनावका लागि उम्मेदवारी दर्ता गर्ने हिजो अन्तिम दिन थियो । यसअघि गएको अगस्ट ५ तारिखमा इमरान खानलाई तोशाखाना मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाइएको थियो । निर्वाचन आयोगले उहाँलाई पाँच वर्षका लागि अयोग्य ठहर गरेको छ ।

खुर्रम शेर जमानले इमरान खानको उम्मेदवारी रद्द गरेको विराेधमा अदालत जाने बताउनु भएकाे छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया