युक्रेनको राजधानीसम्मै रुसकाे ड्रोन आक्रमण

 पुस १५, २०८० आइतबार १५:४४:४६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसले राजधानी किभसहितका ठाउँमा ड्रोन आक्रमण गरिरहेको युक्रेनी अधिकारीहरूले बताएका छन् । राजधानी किभ र अर्को मुख्य सहर खार्किभमा विस्फोट भइरहेका युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

युक्रेनले हिजो शनिवार रुसको सीमावर्ती सहर बेलग्रटमा गरेको आक्रमणमा कम्तीमा २० जना मारिएपछि रुसले जवाफी आक्रमण बढाएको छ । हिजोको आक्रमणलाई युक्रेनमा मस्कोले आक्रमण शुरु गरेयताकै युक्रेनका तर्फबाट रुसमाथि भएको घातकमध्येको घटना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यसअघि शुक्रवार रुसले युक्रेनमा गरेको आक्रमणमा ३९ जना मारिएका थिए ।

रुसको आग्रहमा हिजो न्युयोर्कमा राष्ट्र सङ्घीय सुरक्षा परिषद्को एक आपत्कालीन बैठक बसेको थियो । बैठकमा राष्ट्र सङ्घका लागि रुसी राजदूत भसिली नभियान्जियाले युक्रेनले गैरसैनिक निसानामा नियतवश र जथाभाबी आक्रमण गरेको आरोप लगाउनुभएको छ । तर युक्रेन र उसका सहयोगी देशहरूले आरोपलाई अस्वीकार गरेका छन् ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया