न्युजिल्यान्डमा नयाँ वर्ष सन् २०२४ शुरु

 पुस १५, २०८० आइतबार १७:४०:११ | एजेन्सी
unn.prixa.net

न्युजिल्याण्डमा नयाँ वर्ष सन् २०२४ शुरु भएको छ । स्थानीय समयअनुसार न्युजिल्यान्डमा सन् २०२४ शुरु भएको हो । न्युजिल्यान्डका बासिन्दाले अहिले नयाँ वर्षलाई भव्यताका साथ स्वागत गरिरहेका बीबीसीले जनाएको छ ।

नयाँ वर्ष मनाउने विश्वको पहिलो प्रमुख सहर अकल्यान्डकाे स्काई टावरमा विशेष कार्यक्रम भएको छ । टावरमा १० सेकेन्डकाे गन्तीपछि चम्किलो आतसबाजी प्रदर्शन भएको छ ।

न्युजिल्यान्डसँगै अब विभिन्न देशहरूले आफ्नो स्थानीय समयअनुसार नयाँ वर्षलाई स्वागत गर्दै जानेछन् । सम्पूर्ण विश्वलाई २४ वटा टाइम जोनमा विभाजन गरिएको छ । त्यसैले विभिन्न समय क्षेत्रका आधारमा विभिन्न देशहरूमा नयाँ वर्ष मनाइन्छ ।

प्रशान्त महासागरमा सबैभन्दा पहिला नयाँ वर्षको उत्सव शुरु हुन्छ । अहिले सबैजसो देशहरूमा नयाँ वर्षलाई स्वागत गर्न पर्यटकीय क्षेत्रहरूमा पर्यटकहरूको उपस्थिति बढेको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया