नदी आसपासमा बसोबास गर्नेहरु सचेत हुने बेला आयो – मौसमविद

 जेठ २७, २०७५ आइतबार १२:५६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

मनसुन सुरु भैसकेकाले नदी आसपासको क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् । माथिल्लो भेगमा पानी परेपछि सानै खोलामा पनि बाढीको जोखिम बढ्ने भएकाले सावधानी अपनाउनुपर्ने मौसम पूर्वानुमान महाशाखाका बाढीविज्ञ विनोद पराजुलीले बताउनुभयो । 

उहाँका अनुसार अहिले तीन दिनको लागि ठूलो बाढी वा पहिरो आउने जोखिम नभएपनि माथिल्लो भेगमा पानी पर्दा तल्लो भेगमा बाढी आउन सक्ने भएकाले सावधानी अपनाउनुपर्छ । यस्तै गएका वर्षहरुमा पहिरो धेरै जाने ठाउँमा पनि सतर्कता अपनाउन उहाँको सुझाव छ । शाखाले सोमबारदेखि ११५५ मा फोन गर्नेलाई कुन ठाउँमा बाढीको जोखिम छ भन्ने बारेमा जानकारी पनि दिने तयारी गरेको छ । यस्तै बाढी पहिरोको जोखिमबारे ७७ वटै जिल्लामा जानकारी दिने तयारी पनि भैरहेको छ । 

यसैबीच मनसुन सुरु भएकाले देशका धेरै ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको छ । पूर्व र मध्य क्षेत्रमा मनसुको प्रभावले र पश्चिममा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले पानी परेको महाशाखाले जनाएको छ । 

महाशाखाका मौसमविद समिर श्रेष्ठका अनुसार शुक्रबार बेलुकी पूर्वमा प्रवेश गरेको मनसुन सोमबार बेलुकासम्ममा मध्य क्षेत्रमा फैलनेछ । त्यसपछि भने झरी सुरु हुने उहाँको अनुमान छ । 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया