हमास–इजरायल युद्धकाे सय दिन पूरा, गाजामा २३ हजार ७ सय जनाले ज्यान गुमाए

 पुस २९, २०८० आइतबार १५:१३:३७ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

प्यालेस्टिनी विद्रोही समूह हमास र इजरायलबीच युद्ध शुरु भएको एक सय दिन पूरा भएको छ ।

हमासले गएको अक्टोबर ७ तारिखमा इजरायलमाथि आक्रमण गरेपछि इजरायलले त्यही दिनदेखि हमासविरुद्ध आक्रमण शुरु गरेको थियो । इजरायलले हमासको अन्त्य नभएसम्म आक्रमण नरोक्ने भन्दै आक्रमण गरिरहेको छ ।

हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्दा झन्डै १२ सय जनाको हत्या गर्नुको साथै दुई सय ४० जनालाई बन्धक बनाएको थियो । त्यसमध्ये झन्डै सय जनालाई छाडिसकेको छ ।

इजरायलको आक्रमणबाट गाजामा २३ हजार सात सय जनाको ज्यान गएको छ । उनीहरूमध्ये कम्तीमा नौ हजार छ सय जना बालबालिका रहेका कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ । गाजामा मारिनेमा छ हजार सात सय ५० जनाभन्दा धेरै महिला रहेका छन् ।

इजरायलको आक्रमणबाट उत्तरी गाजा तहसनहस भइसकेको छ । त्यहाँका २३ लाख मानिस सबैजसो विस्थापित भएका छन् ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया